Banner Nepal
साथीको कुटाइले लियो दुई जीवन

काठमाडौँ । झापा जिल्लामा दुई किशोरको शंकास्पद निधन भएपछि प्रहरीले घटनाबारे गहिरो अनुसन्धान थालेको छ। शिवसताक्षी नगरपालिका–९ का १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको झगडापछि साथीसँग भएको कुटपिटका कारण मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ।

एक साताअघि साथीसँग झगडा हुँदा घाइते भएका दुबै जनाले परिवारलाई केही नभनी उपचार गराइरहेका थिए। थापाको शनिबार र तामाङको बुधबार उपचारकै क्रममा मृत्यु भएको हो। कुटपिटको घटना असार ११ गते भएको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाले घटनामा संलग्न आशंकामा १६ वर्षभन्दा कम उमेरका ६ जना किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ। प्रहरीका अनुसार झिलझिले इलाका प्रहरी कार्यालयमा परेको उजुरीपछि संलग्न भनिएका किशोरहरूलाई पक्राउ गरिएको हो।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update