
काठमाडौँ।अमेरिकी सहयोगमा आधारित मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) अन्तर्गतका परियोजनाहरूको कार्यान्वयन पुनः सक्रिय बन्दै गएको छ। अमेरिकी सरकारले नेपाललाई विशेष छुट दिँदै वैदेशिक सहायता निरन्तरता दिने निर्णय गरेसँगै मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) ले आवश्यक प्रक्रिया तीव्र रूपमा अघि बढाएको हो।
एमसिए–नेपालले २९७ किलोमिटर प्रसारण लाइन निर्माण र सडक मर्मतसम्बन्धी खरिद प्रक्रिया नियमित रूपमा अगाडि बढाइरहेको छ। यसका साथै, तीन वटा सबस्टेसन र १८ किलोमिटर सीमा पार प्रसारण लाइनको काम पनि निरन्तर भइरहेको जानकारी दिएको छ।
लगत्तै, एमसिए–नेपालले रोकिएका प्रक्रिया पुनरवलोकन गर्दै सडक मर्मतका लागि प्राविधिक परामर्शदाता र सुरक्षा विज्ञको मागसम्बन्धी सूचना सार्वजनिक गरिसकेको छ।
नेपालको ऊर्जा र यातायात पूर्वाधार विकासमा दीर्घकालीन प्रभाव पार्ने यी योजनाको प्रभावकारी कार्यान्वयनका लागि एमसिसीको सहकार्यलाई एमसिए–नेपालले धन्यवाद दिएको छ।