Banner Nepal
पूर्व राष्ट्रपति भण्डारीद्वारा राज्य सुविधा परित्याग

काठमाडौँ।पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउने सम्पूर्ण सरकारी सेवा र सुविधा त्याग गर्ने निर्णय गर्दै गृह मन्त्रालयमा औपचारिक पत्र पेश गरेकी छन्।

पूर्व राष्ट्रपतिको तर्फबाट उनका स्वकीय सचिव राजकुमार राईले बुधबार गृह सचिवलाई उक्त पत्र बुझाएका हुन्।

गृह मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार पूर्व राष्ट्रपति भण्डारीले आर्थिक, आवासीय लगायतका सम्पूर्ण सुविधाबाट औपचारिक रूपमा अलग हुने जानकारी दिएकी हुन्। यद्यपि, सुरक्षासम्बन्धी सुविधा भने यथावत रहनेछ।

सूचना अधिकारी आचार्यले भने, “पूर्व राष्ट्रपतिको हैसियतमा प्राप्त सबै सेवा, सुविधा नलिने भन्दै निवेदन आज मन्त्रालयमा दर्ता भएको छ।”

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update