Banner Nepal
रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं । प्रतिनिधि सभा सदस्य पद रिक्त रहेकाले रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको सोमबार बसेको बैठकले उक्त मिति तय गरेको हो।

२०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहोराले यस क्षेत्रबाट जितेका थिए। तर, उहाँको गत चैत १९ गते निधन भएपछि सिट रिक्त भएको थियो।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को उपदफा ६८ बमोजिम उपनिर्वाचनको निर्णय गरिएको हो।

निर्वाचनको सम्पूर्ण प्रक्रिया चाँडै सार्वजनिक गरिने आयोगले जनाएको छ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update