Banner Nepal
कैलालीमा सर्पदंशले ज्यान गयो, चट्याङबाट एक घाइते

काठमाडौं ।  कैलालीको गोदावरी नगरपालिका–१२ मा सर्पको टोकाइबाट एक व्यक्तिको मृत्यु भएको छ।

ज्यान गुमाउनेमा ४३ वर्षीय रामबहादुर बुढा रहेका छन्। बिहान आफ्नै घरअगाडि नचिनेको सर्पले दाहिने खुट्टामा डसेपछि उहाँलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो।

त्यस्तै, धनगढी उपमहानगरपालिका–१९ लल्लीपुरकी ६६ वर्षीया गुलियादेवी चौधरी चट्याङ लागेर घाइते हुनुभएको छ। उहाँको दाहिने खुट्टा, हात र ढाडमा चोट लागेको जनाइएको छ। हाल उहाँको धनगढीमै उपचार भइरहेको छ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update