Banner Nepal
अदालतबाट हत्कडीसहित थुनुवा फरार

१५ असार, काठमाडौं। काठमाडौं जिल्ला अदालतबाट एक जना थुनुवा हत्कडी लगाएकै अवस्थामा भागेका छन्।

फरार हुने व्यक्ति पश्चिम रुकुम, बाँफिकोट गाउँपालिका–१ का २१ वर्षीय दशरथ शाही, जसलाई निराजनजंग ठकुरी पनि भनिन्छ, हुन्। उनी काठमाडौंको गोंगबुमा बस्दै आएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार, चोरीको अभियोगमा पक्राउ परेका शाही थुनछेक बहसका लागि आइतबार अदालत ल्याइएका थिए। सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएका उनलाई अदालतको ४ नम्बर इजलासमा बहसका क्रममा पिसाब फेर्नुपर्ने बहाना बनाएर ट्वाइलेट जाने निहुँमा हत्कडीसहित भागेका हुन् । 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update