Banner Nepal
स्वास्थ्य मन्त्री पौडेल अस्पतालमा उपचाररत

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल हाल वीर अस्पतालमा भर्ना भएर उपचार गराइरहनुभएको छ।

शनिबार राति अचानक ज्वरो आएपछि उहाँलाई अस्पताल लगिएको मन्त्रीको सचिवालयले जनाएको छ। हाल उहाँको उपचार अस्पतालको भीआईपी क्याबिनमा भइरहेको छ।

केही समयदेखि रुघाखोकी, ज्वरो र कमजोरीले सताइरहेकाले केही दिन आराम गरेर उहाँ फेरि नियमित कार्यमा फर्किनुभएको थियो। तर, थाइल्याण्डको बैंककमा शुक्रबार सम्पन्न मन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्किएपछि फेरि अस्वस्थ हुनुभएको हो।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update