Banner Nepal
एसईईको पूरक परीक्षा आगामी साउन २९ गतेदेखि, रिजल्ट चित्त नबुझे असार २३ गते आवेदन दिन सकिने

काठमाडौं । एसईईको पूरक परीक्षा आगामी साउन २९ गते देखि हुने भएको छ । हिजो प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले साउनमा पूरक परीक्षा दिन पाउने भएका हुन् ।

परीक्षा साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन हुने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षार्थीले पुरानै प्रवेशपत्रबाट परीक्षा दिन पाउने छन् ।

विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षणकालागि भने असार २३ गते बेलुकी पाँच वजेसम्म आवेदन दिन सकिने बोर्डले जनाएको छ ।

917250d3-75ce-4407-9c05-a5a30abc0e97-1751079289.jpg

f9b682eb-fb42-4b53-82b3-84c22ad98913-1751079311.jpg

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update