Banner Nepal
पोखरामा टिप्परको ठक्करले स्कुटर चालकको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित बगालटारीमा एक महिलाको टिप्परको ठक्करबाट ज्यान गएको छ। शुक्रबार दिउँसो साढे १२ बजेतिर स्कुटरमा सवार मिना क्षेत्रीलाई पछाडिबाट आइरहेको टिप्परले ठक्कर दिएको थियो।

स्याङ्जाको फेदीखोला गाउँपालिका सर्केटारीकी ४२ वर्षीया क्षेत्री गम्भीर घाइते भई उपचारका लागि तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। तर अस्पतालमा पुर्‍याइएको केही समयमै उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो।

दुर्घटना ग १ ख ३४४५ नम्बरको टिप्पर र ग २६ प १२५९ नम्बरको स्कुटरबीच भएको हो। दुवै सवारी एकै दिशामा पोखराको छोरेपाटनबाट पुम्दीभुम्दी गइरहेका थिए।

टिप्पर चालकलाई नियन्त्रणमा लिइसकिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १९:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update