Banner Nepal
एसईई नतिजा एक साताभित्र, अन्तिम तयारी तीव्र

काठमाडौं । यस वर्षको एसईई (माध्यमिक शिक्षा परीक्षा) नतिजा एक साताभित्र सार्वजनिक हुने तयारीमा छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीमा रहेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार नतिजा प्रकाशनको अन्तिम चरणको काम भइरहेको छ।

हाल उत्तरपुस्तिका मूल्यांकनपछि प्राप्ताङ्कहरू इन्ट्री र पुनःजाँच (रुजु) गर्ने प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको उनले जनाएका छन्। उनका अनुसार, "हामी असारको तेस्रो साताभित्र नतिजा प्रकाशित गर्ने लक्ष्यमा छौं, कर्मचारीहरू दोहोरो सिफ्टमा लगातार कार्यरत छन्।"

यसअघि असार ६ गतेभित्र नतिजा प्रकाशित गर्ने योजना बनाइए पनि गत चैत २० गतेदेखि वैशाख १७ गतेसम्म काठमाडौंमा शिक्षकहरूले आयोजना गरेको सडक आन्दोलनका कारण प्रक्रिया ढिला भएको हो।
गत चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थीले सहभागी जनाएका थिए।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update