Banner Nepal
न्यायलयले पत्रकारिता क्षेत्रलाई प्रतिशोधको दृष्टिकोणले हेर्न थालेको समाजवादी प्रेस संगठनको ठहर

काठमाडौं । समाजवादी प्रेस संगठन, नेपालले समाचार लेखेकै आधारमा दृष्टि अनलाइनका संचालक शम्भु श्रेष्ठ लगायतमाथि अदालतको अवहेलना मुद्दामा उपस्थित हुन दिइएको आदेशले प्रेस स्वतन्त्रतामाथि हमला भएको भन्दै आपत्ती जनाएको छ ।

संगठनले विज्ञप्ती मार्फत बिशेष अदालतको आदेशले नेपालको न्यायलयले नेपाली पत्रकारिता क्षेत्रलाई शंका र प्रतिशोधको दृष्टिकोणले हेर्छ भन्ने बुझाईलाई थप प्रष्ट पारेको उल्लेख गरेको छ ।

बिशेष अदालतले मंगलबार तीन दिनभित्र आफैं उपस्थित हुन सञ्चालक श्रेष्ठ सहित दृष्टिका पत्रकारलाई आदेश दिएको थियो ।

सो आदेश प्रेस काउन्सिल नेपालको कार्यक्षेत्रमाथि ठाडो अतिक्रमण भएको समाजवादी प्रेस संगठनको ठहर छ ।

महासचिव रोहित दाहालद्वारा जारी बिज्ञप्तिमा अदालतको आदेश फिर्ता लिन संगठनले माग गरेको छ ।  विशेषमा रहेका सबै न्यायाधीश सम्मिलित इजलासले कुनै मुद्दामा यस्तो सुनुवाइ पहिलो पटक गरेको हो ।

samajbadi-bigyapti-1750839092.jpeg
 

 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update