मलको अभाव नहुने
यस वर्ष रोपाइँ सुरु हुनु अगावै मल पाइने

काठमाडौं । सरकारले यस वर्ष रासायनिक मलको अभाव नहुने बताएको छ ।
मनसुन भित्रिएसँगै वीरगन्ज नाकाबाट रासायनिक मल धमाधम भित्रिरहेकाले यो वर्ष मल अभाव नहुने भएको हो ।
कृषि सामग्री कम्पनी लिमिटेडले संस्थाको भण्डारमा पनि पर्याप्त मल रहेका कारण विगतका वर्षमा जस्तो यस वर्ष धान बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जको गोदाममा अहिले पनि रसायनिक मल (डिएपी र युरिया) करिब २० हजार मेट्रिक टन मौज्दात रहेको कायममुकायम प्रमुख दुर्गाप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
त्यस्तै थप ४६ हजार मेट्रिक टन मल आउँदै गरेको पाण्डेयले बताउनुभयो ।
हाल भित्रिन थालेको मलको आपूर्तिमा कुनै बाधा अवरोध नभए रोपाइँ हुनुअघि नै सबै मल भित्रिइसक्ने लिमिटेडको दाबी छ ।
प्रकाशित मिति: बुधबार, असार ११, २०८२ १३:०४
प्रतिक्रिया दिनुहोस्