शाही अध्यक्ष
एमाले निकट शिक्षक संगठनमा शाही निर्वाचित

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा हंसबहादुर शाही निर्वाचित भएका छन् ।
एमाले निकट शिक्षकहरूको संगठनको काठमाडौंमा सम्पन्न महाधिवेशनले निवर्तमान महासचिव शाहीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा जंगबहादुर गर्बुजा, उपाध्यक्षमा गोविन्द भण्डारी, महिला उपाध्यक्षमा अम्बिका चापागाईंलाई निर्वाचित गरेको छ ।
महासचिवमा प्रकाश खनाल, कोषाध्यक्षमा नरबहादुर रावल, उपमहासचिवमा श्रीराम दाहाल, खुला सचिवमा बामदेव सुवेदी, महिला सचिवमा बेणु काफ्ले विजयी हुनु भयो ।
प्रकाशित मिति: आइतबार, असार ८, २०८२ १६:०१
प्रतिक्रिया दिनुहोस्