सडकमा आगो र आँसु
दुर्घटनामा दुवै सवारी साधन जले, एक भारतीय नागरिकको मृत्यु

काठमाडौं । पर्साको बहुदरमाई नगरपालिका–५ पटनीमा भएको सवारी दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा परेका दुवै सवारीसाधन जलेर नष्ट भएका छन् ।
गएराति साढे ९ बजेतिर को महुवनबाट डकैलातर्फ जाँदै गरेको भारतीय नम्बरको भारतीय सुमो र विपरीत दिशामा रहेको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुवै सवारीसाधन सडकबाट ४ मिटर तल खसेपछि आगलागी भएको थियो ।
मोटरसाइकल चालक भारत बिहार पूर्वी चम्पारणका ३८ वर्षीय नरेश साह वर्णवाल गम्भीर घाइते भएका थिए । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा उनकोे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि सवार पर्सा बहुदरमाई–५ पटनीका १९ वर्षीय रोशनकुमार वर्णवाल घाइते छन् । उनको उपचार भइरहेको छ । सुमो चालक फरार छन् । उनको खोजी भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, असार ८, २०८२ १५:५३
प्रतिक्रिया दिनुहोस्