ग्वार्कोमा फ्लाइओभर
ग्वार्को फ्लाइओभर सञ्चालनको तयारी, चार दिनमै गाडी गुड्ने

काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माण भएको फ्लाइओभर अब चार दिनपछि सवारी आवागमनका लागि खुला गरिनेछ। सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीका अनुसार, संरचनागत निर्माण कार्य पूरा भएपछि अब सडक सञ्चालनको अन्तिम तयारी भइरहेको छ।
असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा फ्लाइओभरको औपचारिक उद्घाटन गरिने तय भएको छ। यसअघि शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विभागीय टोलीसहित स्थल अवलोकन गरी आवश्यक निर्देशन दिएका थिए।
फ्लाइओभरको मूल संरचना निर्माण सम्पन्न भइसकेको छ। अब लेन सेपरेटर जडान, सडक चिन्ह (लाइनिङ) जस्ता कामहरू अन्तिम चरणमा पुगेपछि, निर्धारित मितिमा यातायात सञ्चालनमा ल्याइने छ।
प्रकाशित मिति: सोमबार, असार २, २०८२ १५:३८
प्रतिक्रिया दिनुहोस्