राष्ट्रिय सूचना दिवस भदौ ३ गते मनाइने

राष्ट्रिय सूचना आयोगको संयोजनमा आगामी भदौ ३ गते राष्ट्रिय सूचना दिवस मनाइने भएको छ। दिवसलाई प्रभावकारी बनाउन आयोगका प्रमुख आयुक्त सुरेशप्रसाद आचार्यको अध्यक्षतामा १० सदस्यीय मूल समारोह समिति गठन गरिएको छ।
समितिमा आयोगका आयुक्त गगन विष्ट र दुर्गा भण्डारी पौडेलसहित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेका छन्।
नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ, प्रदेश अनुगमन इकाईका संयोजक पनि सदस्य रहेका छन् भने आयोगका सचिव दीर्घराज मेनाली समितिका सदस्यसचिव रहेका छन्। यसअघि पनि राष्ट्रिय सूचना दिवस यही दिनमा मनाइँदै आएको थियो।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२ १७:२५
प्रतिक्रिया दिनुहोस्