Banner Nepal
दुर्घटनामा परी सशस्त्र प्रहरीका असईको झापाको केरखामा मृत्य

काठमाडौं । झापाको कमल गाउँपालिका–३ सानो केर्खामा मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरी बलका नायब निरीक्षकको मृत्यु भएको छ ।

दुर्घटनामा सशस्त्र प्रहरीका नायब निरीक्षक मोरङ कानेपोखरी गाउँपालिका–४ का ४८ वर्षीय पुरनलाल राजवंशीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

राजवंशी इलामस्थित सशस्त्र प्रहरी बलको बीओपी समालबुङ पोस्टमा कार्यरत थिए । बिदा सकेर ड्युटीमा फर्किँदै गर्दा गएराति दुर्घटनामा परेका राजवंशीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पु¥याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update