Banner Nepal
कान्ति लोकपथ आजदेखि खुल्यो, हेटौडा काठमाडौं आवागमनमा सहज

काठमाडौं । काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि सञ्चालनमा आउने भएको छ ।

कान्ति लोकपथ अन्तर्गत बागमती नदीको पुलमा मकवानपुरतर्फ बेलिब्रिज निर्माण सम्पन्न भएसँगै आजदेखि पुल सञ्चालनमा आउने कान्ति लोकपथ सडक आयोजनाका प्रमुख रत्नलक्ष्मी बज्राचार्यले जानकारी दिइन् ।

बागमती पुलको मकवानपुरतर्फ बेलिब्रिज जडान गर्न ५० जना कामदार र प्राविधिक विगत चार दिनदेखि खटिएका थिए । बेलिब्रिजको संरक्षणका लागि ग्याबिन लगाउने कार्य भइरहेको आयोजनाका इन्जिनियर साजन न्यौपानेले बताए ।

गत असोजमा बागमती नदीमा आएको बाढीले पुलको मकवानपुरतर्फको एउटा स्पान बगाएपछि माटो र बालुवाको पहुँच मार्ग बनाएर कान्ति लोकपथ सञ्चालनमा ल्याइएको थियो । वर्षायाम सुरु नहुँदै बागमती नदीमा आएको बाढीले पटक–पटक पहुँच मार्ग बगाएपछि सो स्थानमा बेलिब्रिज जडान गरिएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update