Banner Nepal
सिमरामा कार्यरत डीएसपी शुभद्राको जिम्मेवारी खोसियो, छानविनका लागि हेडक्वाटर तानियो

काठमाडौं । इलाका प्रहरी कार्यालय सिमरा, बारामा कार्यरत डीएसपी शुभद्रा वाइवाको जिम्मेवारी खोसिएको छ ।

जिम्मेवारी सम्हालेको पाँच महिनामै ड्युटीमा परिचालित हुने सवारी साधनका निम्ति हालिने तेलको कुपनका विषयमा उनीविरुद्ध उजुरी परेपछि वाइवालाई छानविनका लागि प्रहरी हेडक्वार्टर तानिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले केही विषयमा छानबिन गर्नुपर्ने भएकाले उनलाई प्रधान कार्यालय झिकाइएको जानकारी दिए ।

जितपुर सिमरा उपमहानगरपालिकाले तेल थोरै दिएको भन्दै प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंको अगाडी नै कुपन च्यातेकी थिइन् । त्यसपछि डीएसपीले ज्यादती गरेको भन्दै उपमहानगरले सीडिओ कार्यालय बारा हुँदै हेडक्वार्टरमा उजुरी गरेको थियो ।

सोही विषयमा छानबिनका लागि उनलाई प्रहरी हेडक्वाार्टरले बोलाइएको स्रोतको दाबी छ । उनको ठाउँमा अर्का डीएसपी बेद जोशी आजैबाट त्यहाँ खटिएका छन् । उजुरीका विषयमा उनी निर्दोष सावित भए उनलाई पुनः सिमरा पठाइने हेडक्वाटरले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update