Banner Nepal
पूर्वी नेपालमा हिजै देखि झरी, कतिपयस्थानमा भारी वर्षाको सम्भावना

पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण पूर्वी नेपालमा वर्षा भइरहेको छ ।

मनसुनी वायुको प्रभावका कारण कोशी प्रदेशका अधिकांश भेगमा वर्षा जारी रहेको हो । कोशी प्रदेश र मधेसका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना छ ।

दिउँसो भने देशभर आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाको अनुमान छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update