
काठमाडौं । चिन भ्रमणबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किनु भएको छ । १० दिन लामो चीन भ्रमण पूरा गरी भण्डारी नेतृत्वको टोली आज काठमाडौं आइपुगेको हो । भण्डारी गत जेठ १० गते एमाले प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमण जानु भएको थियो ।
एमालेको पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारी नेतृत्वको भ्रमण दलमा एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, नेता कर्णबहादुर थापा लगायत सहभागी थिए ।
चीन भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले उच्चस्तरीय भेटवार्ता गर्नु भएको थियो । त्यहाँ रहदा उहाले चिनियाँ उपराष्ट्रपति हान चेङसँग भेटवार्ता गरेर कम्युनिष्ट राजनीतिका विषयमा छलफल गर्नु भएको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीको आठौं बरियताका नेता समेत रहेका उपराष्ट्रपति चेङसँगको भेटवार्ताले भण्डारीलाई चिनले उच्च महत्व दिएको अर्थका रुपमा बुझिएको छ । विभिन्न भेटघाटमा चिनियाँ नेताहरुले नेपालको कम्युनिस्ट राजनीतिमा चासो राख्दै बलियो पार्टी निर्माणका लागि सुझाव दिएको खबरहरु सार्वजनिक भएका छन् ।