Banner Nepal
नारायणहिटी दरबार हत्याकाण्ड भएको २४ वर्ष पूरा, अहिलेसम्म रहस्यमय बन्नु आश्चर्यजनक

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २४ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।

पारिवारिक जमघटका बेला भएको सो घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति लगायत राजपरिवारका अन्य सदस्यको हत्या भएको थियो ।

उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । हत्याकाण्डको अनेक आशंका र अनुमान गरिए पनि घट्ना अहिले पनि रहस्यमय नै छ ।

राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश हुने गरी भएको घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन । २०५८ सालमा भएको दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ साल जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको औपचारिक घोषणा गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १०:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update