Banner Nepal
भारतमा मनसुनी प्रकोप, आसामसहितका राज्य बाढी पहिरोको चपेटामा

काठमाडौं । लगातारको भारी वर्षाका कारण आएको बाढी तथा पहिरोमा परेर भारतको उत्तरपूर्वी राज्यहरु आसाम, अरुणाञ्चल, मेघालय, मिजोरोम र नागाल्याण्डमा कम्तिमा ३२ जनाको मृत्यु भएको छ ।

गत शनिबार दक्षिणी भारतमा प्रवेश गरेको मनसुन छिमेकी राष्ट्र बंगलादेशको उत्तरी भूभाग र मेघालयमा सक्रिय बन्दा बाढी पहिरोबाट उल्लेख्य मात्रामा धनजनको क्षति भएको इकोनोमिक्स टाइम्सले जनाएको छ ।

सबैभन्दा बढी आसाम राज्य प्रभावित भएको छ । अत्यधिक वर्षा हुँदा धेमाजी, दक्षिण सल्मारासहित १२ जिल्लाका १ सय ७५ गाउँका ५८ हजार बढी मानिस प्रभावित भएका हुन् ।

प्रभावितमध्ये करिब ७ हजारलाई जिल्ला प्रशासनले अस्थायी शिविरमा राखेको छ । बाँकीलाई सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १३:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update