Banner Nepal
निजी सवारी साधनलाई भाडाका यात्रु ओसार्न दिने सरकारको तयारी प्रति विरोधमा यातायात व्यवसायीको आन्दोलन चर्किदै

काठमाडौं । राइड सेयरिङको विरोधमा सार्वजनिक यातायात व्यवसायीको आन्दोलनका कारण काठमाडौंको माइतीघरमा यातायात आवागमन प्रभावित भएको छ ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई कानुनी मान्यता दिने उद्देश्यले ल्याएको नयाँ नियमावलीको विरोधमा यातायात व्यवसायीले गरेको प्रदर्शनका कारण माइतीघर आसपासको क्षेत्रमा सवारी आवागमनमा समस्या भएको हो ।

केन्द्रीय संघर्ष समितिको नेतृत्वमा काठमाडौंमा प्रदर्शन गरिएको हो । यातायात व्यवसायीले गण्डकी प्रदेशमा तीन यता सार्वजनिक सवारी चलाएका छैनन् ।

उनीहरुको आन्दोलनका कारण आज तेस्रो दिन पनि गण्डकीका विभिन्न जिल्लामा लामो तथा छोटो दुरीका बस, ट्याक्सी सञ्चालनमा आउन सकेका छैनन् ।

प्रदेश सरकारले वैशाख ३१ गते २ पाङ्ग्रे र ४ पाङग्रे रातो प्लेटको निजी सवारीसाधानलाई सार्वजनिक भाडाका साधनसरह यात्रु ओसारपसार गर्न पाउने गरी राजपत्रमा सूचना प्रकाशित गरेको विरोधमा सार्वजनिक सवारी साधन ग्यारेजमा थन्क्याएर व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update