
काठमाडौं । नेपाल स्विस चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीज NSCCI(एनएससीसीआई) का उपाध्यक्ष सुशील थापाले नेपाल र स्विट्जरल्यान्डबीचको आर्थिक सम्बन्धलाई सुदृढ बनाउनु पर्नेमा जोड दिएका छन् ।
एनएससीसीआईको ९ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै थापाले दुई देशबीचको व्यापारलाई परिवर्तनकारी दृष्टिकोणबाट समीक्षा गर्दै दुई मुलुकबीचको सम्बन्धलाई बलियो बनाउनु पर्ने बताएका हुन् ।
एनसीसीआईका प्रवक्ता समेत रहेका थापाले दुई देश बिच को बढ्दो व्यपार मार्फत नेपालले लाभ लिन सक्नु पर्नेमा जोड दिए । सबै खाले आयात तथा निर्यात प्रबर्धनकालागि एनएससीसीआईले नेतृत्वदायी भूमिका खेल्नु पर्ने थापाको भनाई छ ।
त्यस्तै उपाध्यक्ष थापाले कोशी प्रदेशमा सर्वसाधारणको जिविकोपार्जनका लागि स्विस ।सरकारले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन् । मुलुकको आर्थिक गतिविधि चलायमान बनाउनका लागि दिगो व्यापारमा एनसीसीआईले महत्वपूर्ण भूमिका खेल्ने प्रतिवद्धता समेत जनाए ।