Banner Nepal
काठमाडौं उपत्यकामा पर्सी आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले पर्सी आइतबार काठमाडौंमा सार्वजनिक बिदा दिएको छ । आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सो दिन उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको हो ।

गृहमन्त्रालयले आज सूचना जारी गर्दै आइतबार बिदा दिएकोे जनाएको छ । ललितपुरमा एक महिना लामो चल्ने रातो मछिन्द्रनाथकाको रथ यात्रा अन्तर्गत आइतबार अन्तिम दिन भोटो देखाइने परम्परा छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update