Banner Nepal
एमाले नेता पण्डितलाई पत्नी शोक, एक्लो भए भन्दै भावुक भए पण्डित

काठमाडौं । एमाले नेता लालबाबु पण्डितकी श्रीमती विमला महतको निधन भएको छ । लामो समयदेखि बिरामी विमलाको गएराती निधन भएको हो । पण्डितले सामाजिक सञ्जाल फेसबुकमार्फत महतको निधन भएको जानकारी गराउनु भएको हो ।

पण्डितले जीवन संगिनीले छाडेर गएको भन्दै फेसबुकमा आफु एक्लो भएको उल्लेख गर्नु भएको छ । विमला डेढ वर्षदेखि माया साइटिस भन्ने रोगबाट ग्रसित हुनुहुन्थ्यो । श्रीमती बिरामी भएपछि लालबाबु सार्वजनिक कार्यक्रममा सहभागी हुन सक्नु भएको थिएन ।

पछिल्लो समय उहाँ श्रीमतीको हेरचाहमा खटिदै आउनु भएको थियो । लालबाबु पण्डित र विमलाको अन्तरजातीय विवाह भएको हो ।

लालबाबु र विमलाका बिचमा विवाह हुँदा विमला ललितपुरको सैँवु गाविस वडा नम्बर ४ को वडाध्यक्ष हुनुहुन्थ्यो । लालबाबु त्यतिबेला पूर्णकालिन राजनीतिमा हुनुहुन्थ्यो । उहाँहरुको विवाह पार्टीकै आयोजनामा पार्टीको केन्द्रीय कार्यालयमा भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १२:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update