आम्दानी वृद्धि
यार्साबाट करोडौ रुपैयाँ राजस्व संकलन

काठमाडौं । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सागुम्बा संकलन इजाजत वितरणबाट १ करोड ५५ लाख ३२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
सुलिगार्ड, त्रिपुराकोट, तोइजुम लगायतका पाँचवटा स्थानबाट मात्रै १ करोड ५५ लाख ३२ हजार राजश्व संकलन गरेको हो । धो, सम्दो, छेक्पा, रिग्मोमा कति राजश्व उठ्यो भन्ने जानकारी आउन बाँकी रहेकाले राजस्व रकम थप बढ्ने निकुञ्जले जनाएको छ ।
अघिल्लो वर्ष १ करोड ४५ लाख राजस्व संकलन भएको थियो । यो वर्ष अघिल्लो वर्षको उठेको राजश्वको तुलनामा करिब ४५ लाख रुपैयाँ बढि राजस्व उठ्ने अनुमान गरिएको छ ।
जेठ ५ गतेदेखि निकुञ्ज क्षेत्रमा पर्ने सम्पूर्ण यार्सा पाटन खुला गरिएको थियो । डिभिजन वन अन्तर्गतका कतिपय यार्सा पाटनहरु भने अझै खुलेका छैनन् ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ १३:४४
प्रतिक्रिया दिनुहोस्