संसद रोक
संसद चल्न नदिने विपक्षी दलको अडान कायमै, संसदमा संवोधन गर्ने गृहमन्त्री लेखकको तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बसेको दलहरुको बैठकले अडानबाट पछि नहट्ने नहुने निर्णय गरेका हुन् ।
बैठकमा रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलका शीर्ष नेताहरु सहभागी थिए । संसद बैठक अवरोध गर्दै आएको राप्रपा भने बैठकमा सहभागी थिएन ।
विपक्षी दलको अवरोधका बीच सत्तापक्षले भने गृहमन्त्रीलाई जवाफका लागि आज संसदमा बोल्न लगाउने तयारी गरेको छ । गृहमन्त्रीसहित प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले गृहमन्त्रीले राजीनामा नदिने तर सदनमा बोल्ने निर्णय गरेको छ । तर, विपक्षीले गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ मागिरहेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ १३:३८
प्रतिक्रिया दिनुहोस्