
काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीबीच आज पार्टी एकीकरण हुँदैछ । नेसपाका अध्यक्ष महिन्द्र राय यादव एकताको प्रक्रियाबाट पछि हटेपछि गंगानारायण श्रेष्ठले आफ्नो समूहलाई माओवादी केन्द्रमा समाहित गर्न लागेका हुन् ।
नेसपाका २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको श्रेष्ठको दाबी छ । गत निर्वाचनमा महिन्द्र राय यादव नेतृत्वको नेसपाका उम्मेदवारहरूले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरेका थिए। त्यतिबेलै दुई दलबीच पार्टी एकता गर्ने सहमति भएको थियो ।
तर, यादव एकताका लागि पछि हटेको भन्दै श्रेष्ठले माओवादी केन्द्रसँगको एकता प्रक्रियालाई अगाडि बढाएका थिए । पार्टी एकता घोषणा कार्यक्रमलाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसहितका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
नेसपा अध्यक्ष भट्टराई माओवादीसँग एकता गर्न अनिच्छुुक देखिएपछि श्रेष्ठ भने एकता प्रक्रियालाई निरन्तरता दिन माओवादीका अधयक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरुसँग संवादमा निरन्तर संवादमा थिए ।