Banner Nepal
दुईवटा मोटरसाइकल आपसमा ठोक्किदा दुई युवाको मृत्यु 

काठमाडौं । बर्दियामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । दुर्घटनामा गुलरिया नगरपालिका–२ का २८ वर्षीय देवानन्द यादव र टंकबहादुर बीसीको मृत्यु भएको हो ।

दुबैजनाले चलाएको मोटरसाइकल मधुवन नगरपालिकाको लालसिंह चोकमा ठोक्किएको थियो । यादवको मोटरसाइकलमा सवार  ३२ वर्षीय अनुपम यादवको भने नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update