Banner Nepal
जापान भ्रमण फलदायी बनेको परराष्ट्रमन्त्री राणाको दाबी  

काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले आफ्नो जापान भ्रमण सफल भएको बताएकी छन् । पाँच दिन लामो जापान भ्रमण सम्पन्न गरेर स्वदेश फर्किने क्रममा उनले भ्रमण उपलब्धिमूलक रहेको बताएका हुन्  ।

उनले जापानका विदेशमन्त्रीसहित विभिन्न महत्वपूर्ण भेटवार्ता भएका तथा नेपाल– जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको जानकारी दिइन् ।

भेटवार्ताहरु मुलुकका लागि उपलब्धिमूलक रहेको मन्त्री राणाको भनाई छ । परराष्ट्रमन्त्री डा. राणा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच जेठ ८ गते टोकियोमा द्विपक्षीय भेटवार्ता भएको थियो ।

त्यस भेटका अवसरमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध, आपसीहित र साझा चासोका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसैगरी मन्त्री डा. राणाले जेठ ९ गते जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोसँग पनि भेटवार्ता गरेकी थिइन् । मन्त्री राणा गत सोमबार जापान गएकी थिइन् ।

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update