Banner Nepal
गृहमन्त्री लेखकका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्दै 

काठमाडौं । नेकपा एमालेले विकसित राजनीतिक घटनाक्रमको समीक्षा संगै पार्टीको आगामी रणनीति बनाउन आज सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जानेहरुबाट रकम असुलीसम्बन्धि प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नाको आरोप लागेकै बेला एमालेको बैठक बस्न लागेको हो ।

काँग्रेसभित्रै गृहमन्त्री लेखकको राजीना दिनुपर्ने आवाज उठेपछि एमालेले बैठकमा छलफल गर्न लागेको नेताहरुले बताएका छन्  । यस्तै सरकारको काम कारबाही, पार्टीको आन्तरिक गतिविधि र आगामी आर्थिक वर्षको बजेट सहित गणतन्त्र दिवस मनाउने विषयमा विषयमा छलफल हुने बुझिएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update