सडक बन्द
आजदेखि दुईसातासम्म नागढुंगा सडक बन्द

काठमाडौं । राजधानी प्रवेशको मुख्य नाका मानिएको नागढुङ्गानौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द भएको छ । नारायणगढ– मुग्लिन सडक योजना ९पूर्वी खण्ड० ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान साढे १० बजेदेखि अपाह्न ३ः०० बजेसम्म सडक बन्द गरेर काम थालेको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा सडक बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सडक बन्द भएसँगै काठमाडौंबाट बाहिरिने सवारीसाधन नागढुङ्गामा र नौबिसेबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने भएका छन् । प्रहरीले विकल्पमा धार्केसितापाइला तथा टोखाछहरेत्रिशूलीगल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२ १३:३५
प्रतिक्रिया दिनुहोस्