
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालिन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईले अवैध असुली गरेको रकम एक युवतीको बैंक खातामा जम्मा गर्ने गरेको तथ्य भेटिएको छ ।
सर्वसाधारणबाट दैनिक उठाएको लाखौं रुपैयाँ युवतीको खातामा भेटिएको हो । भट्टराईले दलालसँगको मिलेमतोमा पर्यटन भिसामा विदेश जानेहरुसँग अवैध रुपमा असुलिएको रकम कविता पौडेलको नाममा जम्मा गर्न लगाउने गरेको खुलासा भएको हो ।
पौडेल एक निजी कलेजकी कर्मचारी भएको अनुसन्धानका क्रममा खुलेको छ । भट्टराईले दैनिक घुस बापत असुलेको रकम उनै पौडेलको खातामा जम्मा गरी त्यहीबाट बाँडफाँट गर्ने गरेको दाबी गरिएको छ । ती युवतीको खातामा दैनिक ५० लाख रुपैयाँ जम्मा हुने गरेको दाबी छ ।
अख्तियारको टोलीले युवतीको मोबाइल जफत गरिसकेको छ । फरेन्सिक ल्याब परीक्षणपछि थप तथ्य बाहिर आउने छ । विवाहित भट्टराईले युवतीको खातामा त्यति धेरै रकम किन जम्मा गराए भन्ने थप रहस्यमयी भएको छ ।