
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय स्थानीय तह समन्वय विभागका सदस्य बाबुकृष्ण सापकोटा पार्टीबाट जितेका जनप्रतिनिधी र पार्टीको सम्बन्ध विस्तारमा जुटेका छन् । पार्टीले जितेका पालिकाकासँग पार्टीको सम्बन्धलाई मजबुद बनाउन सापकोटाले जनप्रतिनिधिसँगको भेटघाटलाई तिब्रता दिएका हुन् ।
विभागले प्रकाशन गरेको क्यालेण्डर लिएर सापकोटा पछिल्लो समय पालिका प्रमुखलाई भेट्न सम्बन्धित पालिका कार्यालय नै पुग्न थालेका हुन् । सापकोटाले भक्तपुरको चाँगुनारायण नगरपालिका पुगेर मेयर जीवन खत्रीलाई पार्टीको क्यालेण्डर प्रदान गरेका छन् । त्यस्तै भक्तपुरबाट प्रतिनिधि सभामा निर्वाचित सांसद दुर्लभ थापालाई भेटेर पार्टी गतिविधिका विषयमा छलफल गरेका छन् ।
जनप्रतिनिधिसँग पार्टी पदाधिकारीको संवाद नहुदा पार्टीसग समन्वय हुन नसकेको गुनासो भइरहेका बेला जनप्रतिनिधिसँगको भेटघाट बढाइएको सापकोटाले बताए । सापकोटाले जनप्रतिनिधि र पार्टी संरचनाको समन्वयका लागि क्यालेण्डर लिएर पालिका कार्यालय पुगेको जिकिर गरे ।