Banner Nepal
सहिदको सपना पुरा नभएसम्म परिवर्तन संस्थागत हुँदैन– अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौताका अधिकांश काम पूरा भएको भन्दै बाँकी कामलाई पनि छिटै पूरा गर्ने बताएका छन् ।

जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा बागलुङको ताराखोलामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्नु महत्वपूर्ण उपलब्धि भएको बताएका हुन् ।

उनले आफु नेतृत्वको सरकारले राष्ट्रिय सहिद घोषणा गर्नेदेखि युद्धका धेरै उपलब्धि संस्थागत गरेको बताए । ताराखोलाको अर्गलमा निर्मित सहिद तथा बेपत्ता पार्कको उद्घाटन गर्दै दाहालले सहिद परिवारको जगमा नै नेपालको राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गरे ।

उनले जनयुद्धलाई हिंसा र आतंक थियो भन्नेहरूले जनयुद्धको गतिमा काम गर्न नसकेको आरोप लगाए ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update