Banner Nepal
जापान पुगेर परराष्ट्रमन्त्री राणाले भनिन् – जाइकाको सहयोगलाई धन्यवाद 

काठमाडौं । जापान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष तानाका अकिहिकोसँग भेटवार्ता गरेकी छन् ।

परराष्ट्रमन्त्री राणाले टोकियोस्थित जाइकाको मुख्यालयमा जाइकाका अध्यक्ष अकिहिकोसँग भेटवार्ता गरेकी हुन् । दुई पक्षीय भेटमा नेपाल – जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवलायले  जनाएको छ ।

मन्त्री राणाले नेपालको आर्थिक, सामाजिक लगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइका मार्फत् जापान सरकारले पु¥याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद व्यक्त गरिन् ।

भेटमा नेपाल जापान सम्बन्ध, जाइकाले नेपाललाई गरिरहेको सहयोग, जलवायु परिवर्तन र यसको असर, विपद व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिकसम्बन्धी विषयमा पनि छलफल भएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update