Banner Nepal
सुनको मूल्य घट्यो, तोलामा कति रु

काठमाडौं । केही दिन यता उकालो लागिरहेको सुनको भाउ आज ओरालो लागेको छ । कारोबार हुने साताको अन्तिम दिन आज सुन तोलामा १ हजार १ सय रुपैयाँले घटेको हो ।

सुन तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी पनि आज तोलामा २० रुपैयाँले घटेर २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update