सुन महँगो
सुनको मूल्य तोलामा दुई लाख पुग्नै लाग्यो

काठमाडौं । पछिल्लो समय उकालो लाग्न थालेको सुनको मूल्य आज पनि बढेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि भाउ बढेको हो । सुनको मूल्य तोलामा एक हजार ७ सय रुपैयाँले बढेर एक लाख ९१ हजार ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महांघले जनाएको छ चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२ १४:२७
प्रतिक्रिया दिनुहोस्