Banner Nepal
विदेश काम गर्न गएकालाई रोजगारदाता मुुलुकले स्वास्थ्य उपचार गर्नु पर्ने नेपालको प्रस्ताव

काठमाडौं । नेपालले बाहिरी मुलुकबाट श्रमका लागि पुगेका श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) मा लैजाने तयारी गरेको छ । नेपालले सो प्रस्ताव आगामी वर्ष हुने विश्व स्वास्थ्य सुगठनअन्तर्गतको विश्व स्वास्थ्य सम्मेलनमा लैजाने तयारी गरेको हो ।

विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई स्वदेश फर्किने क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यस्तो जानकारी दिए ।

अन्य देशहरूमा कामदार पठाउने मुलुकहरूले आफ्ना नागरिकमाथि भएको स्वास्थ्य समस्याको विकराल स्थिति रहेको कुरालाई मध्यनजर गरी त्यसलाई हल गर्न आगामी वर्ष रोजगारदाता राष्ट्रमा श्रम गर्न गएका जुनसुकै देशका नागरिकहरूको स्वास्थ्यको सम्पूर्ण जिम्मा रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले  लैजाने गरी तयारी गरेको उल्लेख गर्नुभयो ।

यस पटकको सम्मेलनमा नेपालले त्यसबारे जानकारी गराएको मन्त्री पौडेलले बताए  । त्यस्तो प्रस्ताव पारित भएमा उपचार नपाएर स्वदेश फर्किनु पर्ने स्थिति, उपचार गर्दा लागेको खर्च, खर्च अभावका कारण मृत्यु हुने अवस्था तथा मृत्यु भएपछि पनि शव सम्बन्धित देशमा पठाउन नसक्ने स्थिति लगायतका समस्या समाधान हुने मन्त्री पौडेलको भनाई छ ।

 डब्ल्युएचओबाट प्रस्ताव पास भए विदेश जानु भन्दा पहिला, गइसकेपछि र फर्किँदा स्वास्थ्य सहयोग, स्वास्थ्य अवस्थाका बारेमा सम्बन्धित राष्ट्रले नै जानकारी गराउनु पर्ने हुन्छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update