Banner Nepal
सगरमाथा आरोहण गर्ने दुई जना असईको सईमा बढुवा 

काठमाडौं । सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वयको पदोन्नति भएको छ । दुवै प्रहरी सङ्गठनले उनीहरूलाई नायब निरीक्षकमा पदोन्नति गरेका हुन् ।

सशस्त्र प्रहरी बल नेपालले प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई सशस्त्र प्रहरी नायव निरीक्षकमा विशेष बढुवा गरिएको प्रवक्ता कालीदास धौवाजीले जानकारी दिए ।

त्यस्तै प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई पनि एक तह विशेष बढुवा गरिएको नेपाल प्रहरीका प्रवक्ता रमेश थापाले जानकारी  दिनुभयो । छत्याल र शेर्पाले हालै सगरमाथाको आरोहण गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update