रावल अध्यक्ष निर्वाचित
चन्द्रागिरि हिल्सको ट्रेड युनियनमा रावल निर्वाचित

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेड ट्रेड युनियनको अध्यक्षमा हिक्मत रावल निर्वाचित भएका छन् । हालै सम्पन्न भएको निर्वाचनमा नेपाल एकीकृत होटल व्यवसायी तथा रेस्टुरेन्ट मजदुर यूनियन ७३ मतसहित विजयी भएका हुन् । निर्वाचनमा तीन वटा ट्रेड युनियनले प्रतिस्पर्धा गरेका थिए । निर्वाचन अधिकृत बिबेक यादबका अनुसार कुल १४० मतदातामध्ये १३६ जनाले मतदान गरेका थिए ।
नेपाल एकीकृत होटल व्यवसायी तथा रेस्टुरेन्ट मजदुर यूनियन नेकपा एकीकृत समाजबादी आवद्ध मजदुर संगठन हो । नव निर्वाचित पदाधिकारी र सदस्यहरूलाई नेकपा समाजवादीका अध्यक्ष माधब कुमार नेपालले शुभकामना दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२ ११:५८
प्रतिक्रिया दिनुहोस्