Banner Nepal
रुस र युक्रेनबीच आज शान्तिवार्ता हुँदै, पुटिन नजाने भएपछि वार्ताको औचित्यमाथि प्रश्न 

काठमाडौं । रूस र युक्रेनबीच आज टर्कीमा वार्ता हुँदैछ । द्वन्दरत दुई मुलुकबीच टर्कीको इस्तानबुलमा शान्ति वार्ता हुन लागेको हो । वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने सहभागी नहुने बताइएको छ ।

पुटिनको अनुपस्थितीमा हुन लागेको वार्ताको औचित्यमाथि प्रश्न उठेको छ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पुटिनलाई वार्तामा सहभागी हुन आग्रह गर्नु भएको थियो । क्रेमलिनले जारी गरेको विज्ञप्तीमा रुसका तर्फबाट वार्ताको नेतृत्व राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेदिन्स्कीले गर्ने उल्लेख छ । युक्रेनका तर्फबाट भने राष्ट्रपति जेलेन्स्कीनै सहभागी हुने बीबीसीले जनाएको छ ।

यसकालागि उहाँ टर्की पुगिसक्नु भएको छ । वार्ता अघि जेलेन्स्कीले राजधानी अंकारा पुगेर टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोगानसँग भेट्ने बताइएको छ । सन् २०२२ पछि रुस र टर्कीबीच पहिलोपटक प्रत्यक्ष कुराकानी हुन लागेको हो । 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update