विदामा पनि पढाइ
विदाको समयमा विद्यालय खोल्न शिक्षामन्त्रालयको अनुरोध

काठमाडौं । शिक्षा मन्त्रालयलले हिउँदे अथवा वर्खे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विद्यालयको अनुकूलता हेरेर पढाई सञ्चालन गर्न अनुरोध गरेको हो ।
मन्त्रालयले विज्ञप्ति मार्फत गत चैतमा गरिएको शिक्षक तथा कर्मचारीको आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै त्यसको परिपूरणका लागि पठनपाठन जारी राख्न भनेको हो ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२ ११:३६
प्रतिक्रिया दिनुहोस्