सहरमा आगोको खतरा
काठमाडौंमा आगलागीका घटना बढे, बिहानै सतुंगलमा आगलागी

काठमाडौं । काठमाडौंको सतुङ्गलमा रहेको कपडा गोदाममा आज बिहान आगलागी भएको छ । आर।आर। कम्प्लेक्सको भुइँतलामा रहेको गोदाममा बिहान साढे ५ बजेतिर आगो लागेको हो ।
आगो निभाउन झण्डै २ घण्टा लागेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीको सहयोगमा ६ वटा दमकल र १५ वटा पानी ट्यांकर प्रयोग गरी आगो निभाइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । यसअघि हिजो काठमाडौंको मखन टोलमा भएको आगलागीमा एक महिलाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२ ११:३१
प्रतिक्रिया दिनुहोस्