Banner Nepal
संसद बैठक आज पनि बस्दै, आजका एजेण्डा यस्ता छन् 

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठकमा आज पनि आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा छलफल हुँदैछ । गत मंगलबारदेखि सुरु भएको विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

बिहान ११ बजे बोलाइएको बैठकमा समितिका वार्षिक प्रतिवेदनहरु समेत पेश गरिने भएको छ । सचिवालयकाअनुसार सभापति किशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन २०८२ र सभापति बिमला सुवेदीले कानुन न्याय तथा मानव अधिकारसमितिको वार्षिक प्रतिवेदन २०८१÷८२ पेश गर्ने सम्भावित कार्यसूची छ । 

यसैबीच, संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक दिउँसो सबा १ बजे बोलाइएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update