Banner Nepal
कुलेखानी सडक बन्द गरियो, काठमाडौं – हेटौडा आवागमनका लागि बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं । हेटौंडा–काठमाडौं छोटो दूरीको वैकल्पिक मार्ग कुलेखानी–कलंकी–हुमाने सडकखण्ड १९ दिन बन्द हुने भएको छ ।

पूर्वाधार विकास कार्यालय, हेटौंडाको पत्रचारबमोजिम इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड कालोपत्रे गर्नु पर्ने भएकाले आगामी शुक्रबारदेखि जेठ २० गतेसम्म बन्द गरिने भएको हो ।

पूर्वाधार विकास कार्यालय, हेटौंडा, मकवानपुरमार्फत ठेक्का लागि सो सडकमा अहिले मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ ।

१९ दिन सो सडक खण्डमा सवारी आवागमन पूर्ण रुपमा बन्द हुने भएकोले हेटौंडा–काठमाडौं आवतजावतका लागि सर्वसाधारणलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले आग्रह गर्नुभयो । सो अवधिमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी फर्पिङ सडकको प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update