Banner Nepal
सिजुवामा करेन्ट लागेर दुई महिलाको मृत्यु

काठमाडौं । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चाडागीमा माइक राखिएको बाँस ढल्दा करेन्ट लागेर दुई महिलाको मृत्यु भएकोे छ । अर्का एक जना सामान्य घाइते भएकी छन् ।

स्थानीय मंगललाल सिंहका छोरा निरजकुमार सिंहको विवाह समारोहका लागि माइक बाँधिएको बास गएराति आएको हावाहुरीले ढलाएर हाइटेन्सन लाइनमा ठोक्किएपछि नजिकै रहेकालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर छिमेकी सतारुलाल गनगाईकी ७३ वर्षीया श्रीमती सूर्यदेवी गनगाई र जतरुलाल गनगाईकी ७० वर्षीया श्रीमती रामुदेवी गनगाई गम्भीर घाइते भएका थिए ।

उनीहरुको उपचारका क्रममा रंगेली अस्पतालमा तत्कालै मृत्यु भएकोे इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । घाइते राधाकुमारी सिंह भने सामान्य उपचारपछि घर फर्किएकी छन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update