
काठमाडौं । पछिल्ला केही दिन यता वर्षा नहुँदा मुलुकभरको तापक्रम बढ्दोे क्रममा छ । बिहानैदेखि घाम लागेका कारण तराई तथा मध्यपहाडी भेगमा गर्मी बढेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेशको तराईबाहेक मध्य र पश्चिम तराईमा अझै केही दिन गर्मी बढ्ने अनुमान छ ।
काठमाडौंमा आज पनि वर्षा हुने सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ । काठमाडौंको आजको तापक्रम अधिकत ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । हिजो काठमाडौंको अधिकतम तापक्रम ३१ द्यशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भने आज हल्का वर्षा हुने अनुमान गरिएको छ । कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा अपरान्ह वर्षा हुने महाशाखाले जनाएको छ । पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव कमजोर देखिएकाले वर्षा हुन नसकेको महाशाखाको भनाई छ ।